पोउवा संघमा पूँजी बजार सचेतना र शिक्षा कार्यक्रम
![](http://pokharachamber.org.np/wp-content/uploads/2024/10/464235648_1129024522101536_1962976315458208763_n.jpg)
पोउवा संघमा पूँजी बजार सचेतना र शिक्षा कार्यक्रम
पोखरा,६कात्तिक । विश्व लगानी सप्ताहको अवसरमा मंगलबार पोखरामा पूँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डको आयोजना पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश एवं नेपाल स्टक एक्सचेञ्जसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको स्वागत, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद एवं महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा पोखराका उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद पण्डित,निर्देशक रञ्जना थकुलवट,नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पूँजी बजारको महत्व,यसमा कसरी लगानी गर्ने,लगानी एवं दुरुपयोगका कानूनी व्यवस्थालगायतका विषयमा जानकारी पस्केका थिए ।
![](http://pokharachamber.org.np/wp-content/uploads/2024/10/464244136_1129024605434861_6453207406681940297_n.jpg)
![](http://pokharachamber.org.np/wp-content/uploads/2024/10/464285786_1129024505434871_1605503845824672436_n.jpg)
![](http://pokharachamber.org.np/wp-content/uploads/2024/10/464235648_1129024522101536_1962976315458208763_n.jpg)