करदाता सहायता कक्ष समुद्घाटन समारोह

पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघद्धारा आन्तरिक राजस्व कार्यालय र जिआईजेड को सहकार्यमा आन्तरिक राजस्व कार्यालय पोखरामा करदाता सेवा कार्यालय समुद्घाटन कार्यक्रमका दृश्यहरु
करदाता सहायता कक्षबाट उद्योगी व्यवसायी तथा करदाताले निम्नानुसारको सेवा प्राप्त गर्न सक्नुहुनेछ ।
१. कर सम्बन्धी जानकारी प्राप्त गर्न सजिलो हुन्छ
व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा कर सम्बन्धी नियम, निर्देशिका, दर, फारम, तथा समयसीमा बारे स्पष्ट जानकारी प्राप्त हुन्छ।
कर प्रणालीमा भएका नयाँ परिवर्तनहरू सहज रूपमा बुझ्न सकिन्छ।
२. परामर्श सुविधा
कर दर्ता, कर विवरण भरने तरिका, मूल्य अभिवृद्धि कर (VAT), आयकर लगायतका विषयमा विशेषज्ञबाट परामर्श लिन सकिन्छ।
३. फारम भराउनेमा सहयोग
विभिन्न कर फारमहरू भराउन सहयोग गरिन्छ, जसले गर्दा त्रुटि हुने सम्भावना कम हुन्छ।
४. समयमै कर तिर्न सहयोग
सहायता कक्षले समय–समयमा कर बुझाउने समयसीमा स्मरण गराई व्यवसायीलाई जरिवाना तथा ब्याज तिर्नबाट जोगाउँछ।
५. अनलाइन प्रणालीको प्रयोगमा सहयोग
IRD Portal वा अन्य डिजिटल माध्यमबाट कर विवरण बुझाउने प्रक्रिया सिक्न र गर्न सहयोग हुन्छ।
६. शिकायत तथा समस्या समाधान
करसम्बन्धी गुनासो वा समस्या भएमा सहायता कक्षमार्फत सम्बन्धित निकायमा पेश गर्न सकिन्छ।
७. शिक्षा तथा सचेतना कार्यक्रमहरू
कर तिर्नु पर्ने कारण, करको महत्व, पारदर्शिता र उत्तरदायित्व सम्बन्धी सचेतना फैलाउने काम हुन्छ।

Wedding Camera, Summit Ranjit Photography