कर्मचारी आबश्यकता सम्बन्धी पोखरा उद्योग बाणिज्य संघको सुचना !
कर्मचारी आवश्यकता सम्बन्धि पोखरा उद्योग वाणिज्य संघको सूचना !
यस संघमा तपसिल अनुसारको कर्मचारी आवश्यक परेको हुदाँ योग्य नेपाली नागरिकबाट आवश्यक कागजात संलग्न राखी निवेदन गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
तपसिलः
१ पदः सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) ।
२ शैक्षिक योग्यता ःस्नातक उर्तीण, अनुभव प्राप्त व्यक्तिलाई विशेष ग्राहता ।
३ रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि साथ २०८१।०८।०९ सम्म दरखास्त दिन सकिनेछ ।
- छनोट विधिः– लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक ।
- तलब संघको नियमानुसार हुनेछ ।
थप जानकारी एवं पत्रचार गर्ने ठेगाना
पोखरा उद्योग वाणिज्य संघको सचिवालय,
पोखरा–४, गैह्रापाटन
सम्पर्क नं: ०६१–५७५२६४, ५४४९२२, ५७२२२६४, ५७०२६४
इमेलः [email protected]
शोभा गौतम
महासचिव