थोक व्यवसायी संघ कास्की पोखरा र सर्बेश्वोर ब्यबसायी समितिमा आबद्ध ब्यबसायिहरुलाई आयकर तथा भ्याट सम्बन्धी २ दिने तालिम सम्पन्न

थोक व्यवसायी संघ कास्की पोखरा र सर्बेश्वोर ब्यबसायी समितिमा आबद्ध ब्यबसायिहरुलाई आयकर तथा भ्याट सम्बन्धी २ दिने तालिम सम्पन्न
पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा GIZ‑RSRSD को सहयोगमा थोक व्यवसायी संघ कास्की पोखरा र सर्बेश्वोर ब्यबसायी समितिमा आबद्ध ब्यबसायिहरुलाई लक्षित गरी आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
मिति २०८२ फागुन ८ र ९ गते आयोजित तालिममा थोक व्यवसायी संघ कास्की, पोखरा र सर्वेश्वर व्यवसायी समितिमा आवद्ध गरी ८५ जना व्यवसायीहरु सहभागी भएका थिए। व्यवसायीहरुलाई कर प्रणाली, आयकर र भ्याट सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम पोखरा उद्योग बाणिज्य संघ का पुर्व अध्यक्ष श्री विश्व शंकर पालिखे ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिखेले व्यवसाय सञ्चालनका क्रममा करसम्बन्धी ज्ञान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले व्यवसायीहरुलाई कानुनी प्रावधान बुझ्न र दण्ड–जरिवानाबाट बच्न सहयोग पुग्ने बताउनु भयो । करसम्बन्धी सचेतना बढेमा व्यवसाय व्यवस्थित हुनुका साथै राज्यको राजश्व संकलनमा पनि सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रमको सभाध्यक्ष एवं पोउवा संघका अध्यक्ष श्री गोकर्ण कार्किले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि संघले समय–समयमा यस्ता उपयोगी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको साथै कर सम्बन्धी सही जानकारीले व्यवसाय सञ्चालन सहज बनाउने र व्यवसायीलाई औपचारिक अर्थतन्त्रतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।