पोउवा संघको ७१ औ बार्षिक अधिवेशन २०८२ भाद्र १४ गते हुने
श्री साधारण, कर्पाेरेट, औद्योगिक, तथा बस्तुगत सदस्यज्यूहरू !
विषय : ७१ औँ वार्षिक अधिवेशन (साधारण सभा) सम्बन्धमा ।
महोदय,
पोखरा उद्योग वाणिज्य संघको २०८२ साल आषाढ २३ गते बसेको १३ औं कार्यसमितिको बैठकको निर्णयानुसार यस संंघको ७१ औं वार्षिक अधिवेशन (साधारण सभा) यही मिति २०८२ साल भाद्र १४ गते शनिबार हुने व्यहोरा सदस्य महानुभावज्यूहरूलाई सहर्ष जानकारी गराउन चाहन्छौँ ।
पोखरा उद्योग वाणिज्य संघको विधान २०६५ (पहिलो संशोधन २०७२) को परिच्छेद ५ (साधारण सभा, साधारण सभाको काम, कर्तव्य र अधिकार) धारा ५.१.५ अनुसार सम्पूर्ण सदस्य महानुभावहरूको जानकारीका लागि निम्न मिति, स्थान, र समयमा हुने वार्षिक अधिवेशनसम्बन्धी यो सूचना जारी गरिएको छ । विधानको धारा ५.२ १ अनुसार अधिवेशन (साधारणा सभा) मा विचारार्थ प्रस्तुत गरिने कुनै प्रस्ताव भए साधारण सभा हुनुभन्दा १० दिन अगावै संघको सचिवालय पोखरा ४, गैह्रापाटनस्थित सचिवालयमा आइपुग्ने गरी पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
वार्षिक अधिवेशन कार्यक्रम :
मिति: २०८२ भाद्र्र १४ गते, शनिबार ।
स्थान: पोउवासंघ सभाकक्ष ।
१. प्रथम सत्र : समुद्घाटन समारोह समय : बिहान १०ः३० बजे ।
२. दोस्रो सत्र : साधारणसभा समय : अपराह्न्न १ः३० बजे ।
सभामा छलफल गर्ने विषयहरू:
१ महासचिवबाट वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारित ।
२ कोषाध्यक्षबाट आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत, छलफल र पारित ।
३ कोषाध्यक्षबाट आ.व. २०८२/०८३ को अनुमानित आयव्यय प्रस्तुत, छलफल र पारित ।
४ प्रस्तावहरूबारे छलफल ।
५ विविध ।
शोभा गौतम
महासचिव
