पोखरा उद्योग वाणिज्य संघको सुचना

पोखरा उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना

पोखरा उद्योग वाणिज्य संघको मिति २०८१ साल असोज ७ गते बसेको दोस्रो कार्यसमिति बैठकबाट संघको नयाँ सदस्यता लिन चाहनुहुने उद्योगी÷व्यवसायीहरुको सहजताका निम्ति तोकिएको २ हजार प्रवेश शुल्कमा १ हजार रुपैयाँ छुट दिने निर्णय भएको सहर्ष जानकारी गराउँछौँ । वार्षिक सदस्यता शुल्क १ हजार ५ सय तथा सदस्यता परिचयपत्र शुल्क १ सय रुपैयाँलाई यथावत् राखिएकाले नयाँ सदस्यता शुल्क २ हजार ६ सय रुपैयाँ मात्र कायम व्यहोरा अनुरोध गर्दछौँ ।

शोभा गौतम
महासचिव