पोखरा उद्योग वाणिज्य संघले आइतबार जिल्ला प्रहरी कार्यालयबाट सरुवा भइ प्रहरी प्रधान कार्यालय जान लाग्नु भएका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाको बिदाइ गरेको छ
। संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पोखरा रहँदा एसपी थापाले पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै प्रहरी प्रधान कार्यालयमा रहँदा पनि उस्तै उत्कृष्ट कार्यसम्पादनको कामना गर्नुभयो ।सो कार्यक्रममा निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले ३५ औं महाधिवेशनमा जिल्ला प्रहरी कार्यालयबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।