प्राइभेट फर्म नवीकरणसम्बन्धी पोखरा उद्योग वाणिज्य संघको सूचना

प्राइभेट फर्म नवीकरणसम्बन्धी पोखरा उद्योग वाणिज्य संघको सूचना

पर्यटन तथा उद्योग कार्यालय (साविकको घरेलु तथा साना उद्योग कार्यालय) मा दर्ता भएका तर नवीकरण छुट भएका उद्योग÷व्यवसायीहरुको समस्या संवोधनको लागि गण्डकी प्रदेश सरकारले प्राइभेट फर्म दर्ता नियमावली २०८१ मा पहिलो संशोधन गरी जरिवानासहित दर्ता नवीकरण गर्ने व्यवस्था गरिएको जानकारी गराउँदै त्यसको लाभ लिनुहुन हामी सम्पूर्ण उद्योगी/व्यवसायीहरुसँग आग्रह गर्दछौं ।
पुनश्च : यस्ता फर्म नवीकरणका निम्ति छुटेको हरेक वर्षको तेब्बर शुल्क भुक्तानी गर्नुपर्ने, २० लाख रुपैयाँसम्म पूँजी भएको फर्मको हकमा प्रत्येक वर्षको २ हजार ५ सय रुपैयाँ तथा २० लाख रुपैयाँभन्दा बढी पूँजी भएको फर्मको हकमा प्रत्येक वर्षको ५ हजार ५ सय रुपैयाँ अतिरिक्त जरिवाना लाग्ने उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले जानकारी गराएको व्यहोरा पनि सूचित गरिन्छ ।
बलराम आचार्य
महासचिव