व्यावसायिक समस्या समाधानको लागि बस्तुगत संघसँग सुझाव संकलन गर्दै पोउवा संघ

व्यावसायिक समस्या समाधानको लागि बस्तुगत संघसँग सुझाव संकलन गर्दै पोउवा संघ
पोखरा,१३ असोज । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुका समस्या र त्यसको निराकरणका निम्ति बस्तुगत संघहरुसँग राय–सुझाव संकलन गरेको छ ।
आइतबार संघमा आवद्ध बस्तुगत संघका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सो कार्यको सुरुवात गरिएको हो ।
अध्यक्ष गोकर्ण कार्कीका अन्ुसार निजी क्षेत्रको साझा समस्याबारे संघले विभिन्न सरोकारवाला निकायहरुसँग निरन्तर पैरवी गरिरहे पनि फरक प्रकृतिका व्यवसायको फरक खालकै समस्या हुने भएकाले त्यस्ता समस्याबारे जानकारी लिन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।
‘हामीले चाडबाडको बेला सक्दो छुट दिन उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरिसकेका छौँ, बजार अनुगमन होस् तर ज्यादति नहोस् भन्ने विषय जिल्ला प्रशासनदेखि पोखरा महानगरपालिकासम्म पु¥याएका छौँ,’उनले भने,‘ ट्राफिक व्यवस्थापन अनि सुरक्षाबारे ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरीसँग अनुरोध गरेका छौँ । अहिलेलाई चाहिँ व्यवसायीकै समस्या सुनौँ र अल्प अनि दीर्घकालीन रुपले समस्या समाधान गर्ने हेतुले अन्तक्र्रिया आयोजना गरिएको हो ।’
अन्तक्र्रियामा केही महत्वपूर्ण सुझावहरु प्राप्त भएको र त्यसलाई बिस्तारै कार्यान्वयन लैजाने पनि उनको भनाइ थियो । संघको सदस्यता वृद्धि र बस्तुगत संघहरुको भूमिका अनि उनीहरुप्रति संघको दायित्वबारे पनि सो अवसरमा छलफल भएको थियो । पोउवा संघसँग ३० वटा फरक व्यवसाय गर्ने बस्तुगत संघहरुको आवद्धता रहेको छ ।
पोउवा संघमा भर्खरै गोकर्ण कार्की नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ ।
संघकी महासचिव शोभा गौतमका अनुसार अन्तरक्र्रियामा बस्तुगत संघहरुले अत्यावश्यक सामानहरुको ढुवानी गर्ने क्रममा ट्राफिक प्रहरीबाट सवारी साधनमाथि कारवाही गर्ने गरेको विषयलाई प्रमुखतासाथ उठाएका थिए । यस्तै,बजार अनुगमनको क्रममा हुनसक्ने सम्भावित हैरानी, राजश्व छुट तथा जरिवानाको प्रबन्ध, संघकै सचिवालयबाट प्रदान गरिने सेवा सुधारबारे पनि सुझावहरु प्राप्त भएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले संघले आफ्ना सदस्यहरुको हितका निम्ति विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै छुटको व्यवस्था गरेको,उनीहरुका समस्या समाधानमा विशेष ध्यान दिँदै आएको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सदस्यहरुको हित तथा व्यावसायिक वातावरण निर्माण गर्नका निम्ति प्राप्त सुझावहरु कोषेढुंगा बनेको बताए ।