सूचि दर्ता सम्बन्धि पोखरा उद्योग वाणिज्य संघको सूचना

सूचि दर्ता सम्बन्धि पोखरा उद्योग वाणिज्य संघको सूचना
यस संघलाई आ.व. २०८१/०८२ का लागि तल उल्लेखित बस्तु तथा सेवा आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरी खरिद गर्नु पर्ने भएकोले योग्य आपुर्तिकर्ताहरुले सूचि दर्ता गर्नका लागि यो सार्वजनकि सूचना प्रकाशित गरिन्छ ।

विवरणः

१. कार्यालय मसलन्द, स्टेश्नरी ।
२. फर्निचर तथा फर्निसिङ्ग सामान ।
३. विद्युतिय सामाग्रीहरु ।
४. छपाई सम्बन्धि सेवा ।
५. विज्ञापन सेवा ।
६. सफ्टवयर तथा इन्टरनेट सेवा ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु ः
१. निवेदन ।
२. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थायी लेखा नम्वर प्रमाणपत्र प्रतिलिपि ।
४. कर चुक्ता प्रमाणपत्र प्रतिलिपि ।
५. आवेदन २०८१ कार्तिक २ गते कार्यालय समय भित्र दर्ता गराई सक्नु पर्ने छ । इलेक्ट्रोनिक माध्यमबाट दर्ता गर्ने व्यवस्था गरिएको छैन् ।

थप जानकारीका लागि:
पोखरा उद्योग वाणिज्य संघको सचिवालय,
पोखरा–४, गैह्रापाटन
सम्पर्क नं: ०६१–५७५२६४, ५४४९२२, ५७२२२६४, ५७०२६४

इमेलः [email protected]