गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई व्यवस्थित र नियमन गर्न जारी गरेको‘राइड सेयरिङ सम्बन्धी प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई व्यवस्थित र नियमन गर्न जारी गरेको‘राइड सेयरिङ सम्बन्धी नियमावली २०८२’को विरुद्धमा यातायात व्यवसायी राष्ट्रिय महासंघले आह्वान गरेको विरोधका कार्यक्रम र सार्वजनिक यातायात अवरुद्ध पारिएको परिघटनाप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामहरुलाई रोक्न सकिँदैन÷मिल्दैन । राइड सेयरिङ सूचना–प्रविधिले दिएको अर्को अवसर र सुविधा हो भन्ने हाम्रो ठम्याइ रहेको छ । विभिन्न विकसित राष्ट्रमा वैधानिक तरिकाले निर्वाध संचालनमा आएको राइड सेयरिङलाई कानूनी दायरामा ल्याइ नियमन गर्नु स्वागतयोग्य कदम हो । यसले रोजगारी सिर्जना,राजश्व वृद्धि र यृुवा पलायन रोक्न पनि उत्तिकै योगदान दिन्छ भन्नेमा हामी प्रष्ट छौँ । यसर्थ, पोखरा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ सम्बन्धी नियमावली २०८२’ लाई हार्दिक स्वागत गर्दछ । नियमावलीले संचालनमा रहेका राइड सेयरिङलाई व्यवस्थित र सुरक्षित बनाउने हाम्रो अपेक्षा रहेको छ ।
अर्कोतर्फ,सार्वजनिक यातायात संचालन राज्यको दायित्व नै हो भन्नेमा पनि हामी प्रष्ट छाँै । हाम्रो देशमा छिमेकी राष्ट्रको राज्यबाटै संचालित सार्वजनिक यातायात सेवा छैन । यो अभिभारा लामो समयदेखि निजी क्षेत्रले नै लिँदै आएको छ । सार्वजनिक यातायात सेवामा निजी क्षेत्रको ठूलो लगानी रहेको छ । स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकार उपभोग गर्दै संचालित सार्वजनिक सेवालाई भरपर्दो, यात्रुमैत्री तथा सर्वसुलभ बनाउन राज्यले सहजीकरण र प्रोत्सहित गर्नैपर्छ । निजी क्षेत्रको लगानीको सुरक्षणको जिम्मेवारीबाट राज्य पन्छन मिल्दैन । जहाँसम्म राइड सेयरिङले सार्वजनिक यातायात क्षेत्र तहस–नहस पार्ने यातायात व्यवसायीको तर्क छ, त्यो विषयलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ÷वास्तविकता के हो भन्ने प्रष्ट पार्नुपर्छ ।
पोखरा उद्योग वाणिज्य संघ सदैव बन्द र हड्तालको विरुद्धमा रहँदै आएको छ । पछिल्लो समय उत्पन्न परिस्थितिबारे हाम्रो धारणा तय गर्न मिति २०८२ साल जेठ १८ गते बस्तुगत संघसहित सपन्न बैठकले पनि बन्द र हड्तालका कार्यक्रमहरुलाई जायज मान्न नसकिने निष्कर्ष निकालेको व्यहोरा पनि हामी जानकारी गराउन चाहन्छौँ ।
हामी हरेक प्रकारका बन्द र हड्तालका कार्यक्रमको सख्त बर्खिलापमा छौँ । एक दिनको बन्द र हड्तालले अर्थतन्त्रमा ५ खर्ब रुपैयाँ भन्दा बढीको क्षति हुने गरेको आँकडालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन भन्ने हाम्रो मान्यता रहेको छ । आफ्नो पेशा÷व्यवसायको सुरक्षाको माग नाजायज हैन तर बन्द र हड्ताललाई त्यस्ता माग पूरा गराउने साधन बनाइन हुँदैन । अतः पोखरा उद्योग वाणिज्य संघ, बन्द र हड्तालका कार्यक्रम फिर्ता लिइ संवादलाई नै माग पूरा गराउने साधन बनाउन यातायात व्यवसायीहरुलाई अनुरोध गर्दैे यातायात व्यवसायीहरुका मागहरुलाई यथाशीघ्र संवोधन गर्न संघीय तथा गण्डकी प्रदेश सरकारसँग जोडदार माग गर्दछ । पोखरा उद्योग वाणिज्य संघ, उत्पन्न गतिरोध अन्त्यको लाग सहजीकरण गर्न तयार रहेको व्यहोरा पनि जानकारी गराउँछ ।
सुदिप प्रधानाङ्ग
उप–महासचिव