पोखरा उद्योग वाणिज्य संघ तथा आबद्ध बस्तुगत संघ/संस्थाको हार्दिक अपिल

पोखरा उद्योग वाणिज्य संघ तथा आबद्ध बस्तुगत संघ÷संस्थाको हार्दिक अपिल

पोखरा उद्योग वाणिज्य संघ तथा आवद्ध बस्तुगत संघ÷संस्थाहरु देशमा पछिल्लो समय उत्पन्न जटिल परिस्थिति र यसले नित्याएको विषमतालाई सतर्कतापूर्वक नियालिरहेका छौँ ।
जेनजी पुस्ताको अगुवाइमा भदौ २३ गतेबाट सुरु भएको आन्दोलन र सो उपक्रममा भएको ठूलो जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ । हामी सुशासन र समृद्धिका निम्ति ज्यानको आहूति दिने होनाहार नवयुवाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
हामी जेनजी पुस्ताले परिवर्तनका निम्ति देखाएको साहसको सह्राना गर्दै उनीहरुले चाहेको परिवर्तनको सुनिश्चितताको कामना गर्दछौँ । संबैधानिक संस्थाबाट जेनजी पुस्ताको माग समेट्दै वर्तमान गतिरोध अन्त्य तथा शान्ति सुव्यवस्था कायम गर्नका निम्ति चालिएका कदमको हामी स्वागत गर्दछौ । प्रधानमन्त्रीको राजीनामा आएको यतिका समय बित्दा पनि देश कार्यपालिकाविहीन रहनुले अस्थिरता चाहनेहरुलाई बल पुगेको हामीले महसुस गरेका छौँ ।
संक्रमणकाल लम्बिँदा अराजकता र अस्थिरता चाहने समूहहरु जुर्मुराउँछन् । स्वार्थ समूह र आपराधिक चरित्रका व्यक्तिहरु हावी हुन खोज्छन् । त्यस्तो प्रवृत्ति कार्यपालिकाको क्रियाशिलता एवं मजबुत सुरक्षा व्यवस्थापले मात्र निरुत्साहित हुन्छ । अतः हामी सक्दो छिटो नयाँ प्रधानमन्त्री चयन एवं देशलाई कानूनी शासनको बाटोमा दोहो¥याउनका निम्ति सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछौँ । देशले आउँदा दिनमा हिंसा र अराजकता थेग्दैन । अतः सहमतिको मार्गमा प्रवेश गर्न ढिला नगरौँ र स्थायी शान्तिका निम्ति सवै पक्षबाट सामूहिक प्रतिवद्धता व्यक्त होस् भन्ने पनि हाम्रो माग रहेको छ ।

जेनजी आन्दोलनले सुशासन र समृद्धिका निम्ति नै थियो भन्ने हाम्रो ठम्याइ छ । तर,आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी,तोडफोड र लुटपाटका घटनाले भने समृद्धिको यात्रा कठीन बनाएको छ । निजी क्षेत्र तथा व्यावसायिक
प्रतिष्ठानमा भएको आक्रमणले व्यक्तिको सम्पत्तिमाथिको अधिकारको हननमात्र गरेको छैन, राज्यलाई कर तिर्ने तथा रोजगारी सिर्जना गर्ने उद्योगी÷व्यवसायीलाई निराश तुल्याएको छ । हामी आन्दोलनको क्रममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनाहरुको घोर निन्दा गर्दै जेनजी आन्दोलनमा भएको घुसपैठको स्वतन्त्र छानबिन गरी आपराधिक क्रियाकलापमा संलग्नहरुलाई कडा कारवाही एवं उचित क्षतिपूर्तिको माग पनि गर्दछौँ ।
आन्दोलनको क्रममा अरबौंको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको छ । भत्काउन जस्तो बनाउन सजिलो हुँदैन । नेपालको निजी क्षेत्र सदैव आत्मनिर्भर अर्थतन्त्र निर्माणका निम्ति उद्योग÷व्यवसायको संचालन एवं युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न उद्यत छ । निजी क्षेत्रको मनोवल नउकासिएसम्म,लगानीको लागि उचित वातावरण एवं शान्ति–सुरक्षा प्रदान नगरेसम्म त्यो अवस्था आउँदैन भन्नेमा हामी सरोकारवाला सवैको ध्यानाकर्षण गराउँछौँ ।
पछिल्ला परिदृष्यहरु सुखद छैनन् । यस्तो विषमतामा आन्दोलनको नेतृत्व गरेको जेनजी पुस्ता संयमपूर्ण, रचनात्मक र जिम्मेवार बनोस् । ध्वंसबाट टाढा रहँदै अराजकता र अवान्छित गतिविधिहरु रोक्नका निम्ति सक्रिय बनोस् भन्ने हाम्रो अनुरोध छ ।
चाडबाड नजिकिएको छ तर स्थानीय प्रशासनबाट शान्ति–सुरक्षा कायम गराउनका निम्ति निषेधाज्ञा जारी हुने उपक्रम रोकिएको छैन । हामी प्रशासनबाट जारी सम्पूर्ण सूचनाहरुको पालना गर्दै आफ्नो र उद्योग÷व्यवसायको सुरक्षा प्रबन्ध मिलाउन उद्योगी÷व्यवसायीहरुसँगआग्रह गर्दछौँ भने आपराधिक क्रियाकलाप रोक्नका निम्ति प्रशासनले अझ क्रियाशिलता देखाओस् भन्ने माग गर्दछौं । साथै व्यावसायीक सुरक्षाको निम्ति सम्पुर्ण व्यवसायीहरु सतर्क र एक जुट हुनसमेत हार्दिक अपिल गर्दछौ ।