पोउवा संघले शान्ति बहाली संगै ब्यावसायिक सुरक्षाका निम्ति बृहत शान्ति ¥याली आयोजना गर्ने
हादिक अनुरोध
यही मिति २०८२ साल भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन,आन्दोलनको क्रममा सरकारी तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड,आगजनी र लुटपाटपछि उत्पन्न विषम परिस्थिति एवं त्रासको वातावरणलाई पोखरा उद्योग वाणिज्य संघले नजिकबाट नियालिरहेको यहाँहरुलाई विदितै छ ।
पोखरा उद्योग वाणिज्य संघ, आन्दोलनको क्रममा उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउँदै संयमित हुन उद्योगी÷व्यवसायीहरुमा हार्दिक अपिल गर्दछ ।
पोखरा उद्योग वाणिज्य संघ,पोखरामा भएको निजी सम्पत्तिको क्षतिको विवरण संकलनको अभियानमा छ । आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारवाही हाम्रो पहिलो माग हो । हामी उद्योगी÷व्यवसायी मित्रहरुमा क्षतिको विवरण उपलब्ध गराइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । यहाँहरुबाट प्राप्त हुने विवरण दोषीलाई कारवाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने व्यहोरा पनि हामी जानकारी गराउँछौँ ।
देशले नयाँ प्रधानमन्त्री प्राप्त गरेको छ । सरकारबाट शान्ति–सुरक्षाको बहालीको प्रतिवद्धता व्यक्त भएको छ । सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ । उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ ।
स्थिति छिट्टै सामान्य अवस्थामा फर्कने हाम्रो विश्वास छ । यद्यपि, कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक हुन उद्योगी÷व्यवसायीहरुलाई पुनः आग्रह गर्दछौँ भने सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसमक्ष माग गर्दछौँ । स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने व्यहोरा पनि हामी यहाँ स्मरण गर्न चाहन्छौँ ।
चाडबाड नजिकिएका छन् । उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति गराउनु हाम्रो कर्तव्य हो । हामी यो कर्तव्यबाट च्यूत हुन सक्दैनौँ । पोखरा उद्योग वाणिज्य संघ,आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन उद्योगी÷व्यवसायीलाई आग्रहमात्र गर्दैन,देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराउँछ ।
जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षति हुँदा हाम्रो मन दुखेको छ । मन दुखेकैले यो वर्षका निम्ति संघले दशैंको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ भने यही शान्ति बहालीसँगै व्यावसायिक सुरक्षाका निम्ति सरोकारवालाको ध्यानाकर्षण गराउन यही भदौ ३१ गते मंगलबार बृहत शान्ति ¥यालीको आयोजना गर्ने निर्णय गरेको छ । संघको सचिवालय पोखरा ४,गैह्रापाटनबाट बिहान ७ः३० बजे सुरु हुने सो ‘मौन शान्ति ¥याली’मा सहभागिताको लागि हामी उद्योगी÷व्यवसायीहरुसमक्ष हार्दिक अपिल गर्दछौँ ।
शोभा गौतम
महासचिव