पोउवा संघले ग¥यो प्रजिअ गुरुङको स्वागत व्यावसायिक वातावरण निर्माण र उपभोक्ता हितको रक्षा मेरो दायित्व ः प्रजिअ गुरुङ
पोखरा, १ असार । पोखरा उद्योग वाणिज्य संघले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई स्वागतसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
संघले सोमबार आफ्नै सचिवालय गैह्रापाटनमा नवआगन्तुक सिडिओ गुरुङको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पदाधिकारी र कार्यसमितिका सदस्यसँगै प्रजिअ गुरुङको स्वागत र शुभकामना व्यक्त गरेका हुन् ।
आफ्नो सम्मानमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नाफा कमाउने व्यवसायीको धर्म भए पनि त्यो कार्य गरिहँदा देशको अर्थतन्त्रमा योगदान दिने तथा उपभोक्ताको हितको दायित्व नबिर्सन व्यवसायीलाई सचेत गराए ।
‘सही भए पनि गलत भए पनि तपाईंहरु व्यवसायीको पक्षमा उभिनुहुन्छ । नाफा कमाउनु तपाईंहरुको धर्म हो तर गलतलाई सही भन्न मिल्दैन,’उनले भने,‘तर,प्रमुख जिल्ला अधिकारीलाई कानूनले गलतलाई सही भन्ने अधिकार दिएको हुँदैन । सिडिओलाई राज्यले उद्योग व्यवसाय संचालनको वातावरण निर्माणको लागि आवश्यक पर्ने शान्ति–सुरक्षाको प्रबन्धको अधिकार दिएको छ भने अर्कोतर्फ सेवाग्राही(उपभोक्ता)को अधिकारको रक्षाको दायित्व पनि सुम्पेको छ । म यी दुवै कामप्रति उत्तिकै प्रतिवद्ध छु ।’
प्रजिअ गुरुङले आफू पनि कुनै समय व्यवसायी नै रहेको स्मरण गर्दै उद्योग÷व्यवसाय संचालनको लागि उचित वातावरण निर्माण गर्नका निम्ति निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता पनि जनाए ।
यसअघि प्रजिअ गुरुङलाई स्वागत गर्दै कार्यक्रम तथा आयोजक संस्था पोउवा संघका अध्यक्ष गोकर्ण कार्कीले शान्ति–सुरक्षा व्यवसायीको चासोको विषय भएको बताउँदै प्रशासन एकातिर र निजी क्षेत्र अर्कोतिर नरहेको बरु सहकार्य गर्न तम्तयार रहेको बताएका थिए ।
‘हाम्रा माग ठूला छैनन्, शान्ति सुरक्षा हाम्रो चासो हो,’उनले भनेका थिए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघले प्राकृतिक विपत्ति तथा अन्य असहज अवस्थामा प्रशासनसँगको सहकार्यमा राहत र पुनस्र्थापनाका काम गरेको स्मरण गरे



