अघिल्लो मेलाबाट १३ लाख बचत

पोखरा,१८ साउन ।

संघले गएको मंसिर १६ देखि २५ गतेसम्म आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको जनाएको छ ।
विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी हुँदा  १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च भएको अध्यक्ष प्रजापतिले बताए । मेला आयोजनाबाट बचत भएको रकम  उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।  महासचिव बलराम आचार्यका अनुसार संघले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा गर्दै आएको योगदानलाई पनि निरन्तरता दिनेछ ।