आउँदो मंसिर तेस्रो साता व्यापार मेला आयोजना गर्दै पोउवा संघ

पोखरा,१८ साउन ।

पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को आयोजना गर्ने भएको छ । पोखरा ९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुनेछ ।
संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको मिति घोषणा गरेको हो । अध्यक्ष पवनकुमार प्रजापतिले यसअघिको जस्तै मेला पोखरा र र सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यमा समर्पित रहेन बताए । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन  भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा पर्यटकीय सम्भावना उजागर गर्ने उनले बताए । पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकसित भएको बताउँदै उनले मेलाको स्वरुप परिमार्जन गरी सहर सुहाउँदो बनाइने उनको भनाइ थियो ।