आन्दोलनको मुडमा अटो मेकानिक्सहरु, पोखरा महागनरले ज्यादति गरेको जिकिर !

पोखरा, २८ साउन ।
पोखरा क्षेत्रका अटो मेकानिक्स व्यवसायीहरुले पोखरा महानगरपालिकाले विकल्ल विना अटो व्यवसाय हटाउन खोजेको जिकिर गरेका छन् ।
महागनरले पोखरा बसपार्कभित्र रहेका १३ वटा अटो वक्र्ससप हटाउन सूचना जारी गरेसँगै उनीहरुले विकल्प नभएसम्म नहट्ने र आवश्यक परे आन्दोलन गर्ने चेतावनी पनि दिएका छ्न । पोखरा महागनगरपलिकाले पोखरा ९ मा रहेको बसपार्कबाट पोखरा आउने र जाने सबै बसहरु संचालन गर्ने निणर्यसँगै त्यहाँ रहेका अस्थायी संरचनाहरु हटाउने निणर्य गरेको थियो । व्यवसायीहरु भने त्यसको विरुद्धमा रहेका छन् । उनीहरुले अटो व्यवसायलाई व्यवस्थित गर्न अटोल्याण्डको माग दोहोर्याउँदै आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
त्यसको नेतृत्व नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले लिएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष क्ुलबहादुर नेपालीले विकल्पविना व्यवसायीलाई विस्थापित गर्न नपाइने र त्यसो गरिए आन्दोलन गर्ने घोषणा गरे ।
पोखरा उद्योग वाणिज्य संघ र गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजना गरिएको पोखराका अटो वक्र्ससपहरुको विकल्प खोजी तथा अटोल्याण्ड निर्माणबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् ।
‘पोखरा राम्रो बनाउन तयार छौँ, विकल्प नदिइ हटाउने महानगरको निणर्य हामीलाई मान्य छैन, हामी आन्दोलन गर्छौ,’उनले भने,‘ तर, हाम्रो आन्दोलन शान्तिपूणर् हुन्छ ।र हामी सुरुको चरणमा स्थानीय जनप्रतिनिधिहरुको सवारी साधन मर्मत गदैनौं, त्यसले नपुगे सरकारी गाडी बनाउँदैनौँ र माग संवोधन नभए देशैभर सबै प्रकारका गाडी मर्मत रोक्छौँ ।’
उनलाई केन्द्रीय अध्यक्ष जनार्दन गैरे र गण्डकी अध्यक्ष सन्तोष मिश्रले समर्थन गरे । ‘हामी दर्ता गरेर व्यवसाय चलाउन तयार छौँ, दर्ता नभएका व्यवसायीहरुलाई हामी नै दर्ता गर्न लगाउँछौं तर हाम्रो व्यवस्थापन हुनुपर्यो,’गण्डकी अध्यक्ष सन्तोष मिश्रले भने । पृथ्वी राजमार्ग बस कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी र हेभी इक्युपमेण्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइराला,ट्युव टायर मर्मत व्यवसायी एसोसियनसका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी र पोखरा फ्रेव्रिकेटर्स एसोसियसनका अध्यक्ष विश्वलगायतले आन्दोलनमा ऐक्यवद्धता जनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले चाहिँ उद्योगी/व्यवसायीहरु बन्द र हड्तालको विपक्षमा रहनुपर्ने बताए । ‘व्यवसायीहरुले कर तिरेर व्यवसाय संचालन गर्नुपर्छ, कर तिर्ने करदातालाई राज्यले संरक्षण अनि सुविधा दिनुपर्छ,’उनले भने,‘दर्ता नगरेको व्यवसायीले राज्यसँग सुविधा माग्न पाइँदैन तर राज्यको निकायमा दर्ता भएका व्यवसायीहरुको समस्याप्रति सबै तहका सरकार जिम्मेवार बन्नुपर्छ ।’ उनले अटो मेकानिक्स वक्र्सका समस्या समाधान गर्न महानगरको ध्यानाकर्षण गराए ।
पोखरा १६ का वडाध्यक्ष तथा महानगरबाट गठित यातायात व्यवस्थापन समितिका संयोजक अमृत तिम्सिनाले अटो ल्याण्डको लागि जग्गाको खोजी भइरहेको जानकारी दिँदै समस्या समाधानको लागि सबैको सहयोग जरुरी रहेको बताए । ‘महानगरले बजेट विनियोजन गरेको छ, अटोल्याण्डको लागि जग्गा पनि खोजिएको छ, आउनुहोस्, तपाईंहरुले पनि सघाउनुहोस्, मिलेर जग्गा खोजौं, व्यवस्थापन गरौँ,’ उनले भने । अटो वक्र्ससप एउटा सटर लिएर चल्ने व्यवसाय नभएको बताउँदै उनले अटो व्यवसायी पनि मापदण्ड पालना नगरेको जिकिर गरे । उनले थपे,‘व्यवसायीले पनि राम्रोसँग वक्र्ससपको व्यवस्थापन गर्न सक्नुभएको छैन, बाटो र सार्वजनिक जग्गा प्रयोग गरेर व्यवसाय गर्न मिल्दैन ।’ पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले व्यवसायीहरुले भोग्नुपरेका समस्या सल्टाउन महानगर गम्भीर हुनुपर्ने धारणा राखे । सुन्दर पोखरालाई अझ सुन्दर बनाउन अटोल्याण्ड अपरिहार्य रहेको उनको भनाइ थियो ।