पोउवा संघद्धारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना

पोखरा,२७ असोज । पोखरा उद्योग वाणिज्य संघले शनिबार दशैं,नेपाल संवत,तिहार,छठ,इदलगायतका चाडपर्वको पूर्वसन्ध्यामा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
शुभकामना आदान–प्रदान र चियापान कार्यक्रममा संघका साधारण सदस्य,कास्की स्थित प्रशासनिक निकायका प्रमुख तथा प्रतिनिधिहरु एवं संघका शुभेच्छुकहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष पवनकुमार प्रजापतिले हरेक वर्षजस्तै यो वर्ष पनि शुभकामना आदान–प्रदानको लागि चियापान आयोजना गरिएको बताए । उनले बजार सुस्त भए पनि धैर्य नगुमाइ व्यवसाय गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरे । आमन्त्रित पाहुनालाई अध्यक्ष प्रजापतिसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले अतिथिहरुको स्वागत गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।