प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पोखरा उद्योग वाणिज्य संघद्वारा “फेरि भेटौंला” सहित बिदाइ
मिति २०८३।०२।२५ गते
कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनु भएको छ । आज पोखरा उद्योग वाणिज्य संघ (पोउवा संघ) ले “फेरि भेटौंला” कार्यक्रमसहित उहाँको सम्मानपूर्वक बिदाइ गरेको छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव श्री शोभा गौतम र उपमहासचिव श्री सुदीप प्रधानाङ्गको उपस्थिति रहेको थियो । उक्त अवसरमा पोउवा संघ प्रमुख जिल्ला अधिकारी श्री शरुद्रादेवी शर्मा ज्युले कास्की जिल्लामा कार्यरत रहँदा उद्योगी–व्यवसायी तथा निजी क्षेत्रसँग कायम गर्नुभएको सौहार्दपूर्ण सम्बन्ध, समन्वयकारी भूमिका तथा सकारात्मक सहकार्यप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
संघका महासचिव शोभा गौतमले प्रमुख जिल्ला अधिकारी श्री शरुद्रादेवी शर्माज्यु ले आफ्नो कार्यकालमा उद्योग, व्यापार तथा व्यवसायिक गतिविधिहरूलाई सहज वातावरणमा सञ्चालन गर्न महत्वपूर्ण योगदान पु¥याउनुका साथै निजी क्षेत्रका समस्या र सुझावलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले कास्कीमा कार्यरत रहँदा पोखरा उद्योग वाणिज्य संघसँग नजिकबाट सहकार्य गर्ने अवसर प्राप्त भएको स्मरण गर्दै निजी क्षेत्रको सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकास, आर्थिक समृद्धि तथा सुशासनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
संघको तर्फबाट मायाको चिनो प्रदान गरी उहाँलाई सफल, सुखद तथा उज्ज्वल भविष्यको शुभकामना सहित बिदाइ गरिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघ प्रमुख जिल्ला अधिकारी शर्माले कास्की जिल्लाको प्रशासनिक नेतृत्वमा पु¥याउनुभएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँको आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछ ।


