स्केल अप नेपालको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा ३ दिने “AI for Productivity, Sales Strategy and Brand Management” विषयक तालिम सुरु।
पोखरा, असार ०५ —
तालिमको पहिलो दिन प्रशिक्षक सौरभ लोहनी ले सहभागीहरूलाई B2B (Business to Business) Sales Strategy सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले व्यवसायबीचको व्यापार विस्तार, ग्राहक सम्बन्ध व्यवस्थापन, प्रभावकारी बिक्री रणनीति, बजार विश्लेषण तथा आधुनिक व्यावसायिक अभ्यासका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल उद्योग बाणिज्य महासंघ का केन्द्रिय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष श्री गोकर्ण कार्की ज्यु ले सहभागीहरूलाई स्वागत गर्दै वर्तमान प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणमा कृत्रिम बुद्धिमत्ता (AI), प्रभावकारी बिक्री रणनीति तथा ब्रान्ड व्यवस्थापनको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो। उहाँले यस्ता व्यावहारिक तथा समयसापेक्ष तालिमहरूले उद्यमी तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष कार्कीले प्रविधिमैत्री व्यवसाय सञ्चालन र बजार विस्तारका लागि नयाँ ज्ञान तथा सीप हासिल गर्न सहभागीहरूलाई तालिमको पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, स्केल अप नेपालको प्रोजेक्ट कोअर्डिनेटर रुपाली पोदार ले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै व्यवसायीहरूलाई आधुनिक प्रविधि, डिजिटल उपकरण तथा प्रभावकारी व्यावसायिक रणनीतिसँग परिचित गराई उनीहरूको उत्पादकत्व वृद्धि तथा व्यवसाय विस्तारमा सहयोग पुर्याउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो। संघका महासचिव शोभ गौतमले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा व्यवस्थापकहरूको सहभागिता रहेको छ। तालिमका आगामी सत्रहरूमा
AI for Productivity,
Sales Strategy,
Brand Management लगायतका विषयमा विशेषज्ञ प्रशिक्षकहरूद्वारा तलिमा प्रदान गरिने छ ।




