३४५ जना श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई शैक्षिक सामग्री

पोखरा, २९ जेठ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बालश्रमविरुद्धको विश्व दिवसको छेकोमा सामाजिक विकास केन्द्रले संचालन गरिरहेको जीविकोपार्जन तथा शिक्षा परियोजनाको माध्यमबाट ३४५ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक अनि झोलासहितको शैक्षिक सामग्री प्रदान गरेको हो । सामाजिक विकास केन्द्रको सो अभियानमा किडासाको आर्थिक सहयोग प्राप्त भएको छ भने पोखरा महानगरपालिकाले समन्वय गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख हेमप्रसाद आचार्य,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचन,किडासाका परियोजना अधिकृत रमेश बास्तोला,संघका पदाधिकारीसहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तर गरेका महासचिव शोभा गौतमले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले श्रमिकको रुपमा काम गरिरहँदा पनि अभिभावकले आफ्ना नानीबाबुहरुको समुन्नत भविष्यको लागि काम गर्नुपर्ने बताए । ‘श्रमिक भएर काम गरिरहँदा पनि बालबालिकाको भविष्यलाई बन्धक नबनाउनु होला,’उनले भने,‘बालबालिकालाई भोलिका दिनमा दक्ष श्रम गर्नसक्ने बनाउनेतर्फ ध्यान दिनुहोला ।’
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले संघले संचालन गरेको कार्यक्रमले श्रममा रहेका बालबालिकालाई लाभ पुगेको र यो अभियानमा अन्य संघ÷संस्थाको पनि सहयोग जरुरी रहेको बताए । उनका अनुसार पोखराका सवैजसो वडामा रहेका विद्यार्थीहरुलाई उनीहरुको आवश्यकताको आधारमा शैक्षिक सामग्री प्रदान गरिएको जानकारी दिए ।
सो अवसरमा संघले संचालनमा ल्याएको परियोजनाअन्तर्गत विभिन्न विद्यालयबाट यो वर्ष एसइई उत्तीर्ण हुने १७ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघले २०५६ सालदेखि बालश्रममुक्त समाजका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सामाजिक उत्तरदायित्वबहन गर्दै संघले विपन्न र जोखिममा रहेका बालबालिकाका लागि शिक्षाको प्रबन्धसहित उनीहरुका परिवारको आर्थिक समुन्नतिका लागि विभिन्न सीपमूलक कार्यक्रम संचालन गर्दै आइरहेको संघकी महासचिव गौतमको भनाइ छ ।
यस्तै, बालश्रमविरुद्धको विश्व दिवसकै अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । संघले संचालनमा ल्याएका विभिन्न सिकाइ केन्द्रमा रहेका ३५ जना बालबालिकाबीच भएको प्रतियोगितामा प्रवेश थापा मगर प्रथम,सिमरन गायक द्वितीय,भूमिका क्षेत्री तृतीय र सुमन परियार तथा सन्ध्या परियारले सान्त्वना स्थान प्राप्त गरेका परियोजना प्रमुख सफल बरालले जानकारी दिए ।
May be an image of ‎speaker, dais and ‎text that says '‎"शिक्षाको उज्यालो घामबाट कुने पनि बालबालिका वકिवित हुन नपरोस" ₹ಂಗಿೆ पोखरा Child Labour बालश्रम विरुद्धको विरव दिवसको अवसरमा आयोजित अ्रम तथा जोसिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि विद्यालय पोशाक तथा शैक्क्षिक सामग्री वितरण कार्यत्रम मिति ၁၀င जेठ २९ गते आयोजक שמוסקוה 1口 समन्वय पेखद علا सहयोगी - adidas ചി kidasha पेखरा عك kidasha makingevery makingeverychidmatter geveryc chid atter た. IS0 DOJGK おちい‎'‎‎May be an image of one or more people, dais and text that says '्योगणए ስ Kidasha makingeverychidmatter maki makingevery child matter'May be an image of one or more people and textMay be an image of one or more people, people studying, crowd and text that says 'उध्याग वाणिजय वाधििय ម្ថជា 스#스 २०११ पोखरा Kidasha makingeverychidmatter makingevery chid Ter'May be an image of one or more people, dais and text that says 'ΔθΔ ၃၀၇၄ "शिक्षाको उज्यालो घामबाट कुने पनि बालबालिका वકਿवित हुन नपरोस" खरा अ्रम विद्याल बालश्रम बिरुदद्क जोखि ण अ पोश STOP Chuld Labour शव दिवसको अवसरमा आयोजित मा लिका का लागि Kidasha makingeverychildmatter makingevery ngeveryc chil matter'